Aamsanchar

महिलाहरूको मानवअधिकार रक्षा गर्न भन्दै अधिवक्ता बास्तोलाको नेतृत्वमा झापामा सञ्जाल पुनर्गठन

Author Image
सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । महिलाहरूको हकअधिकार स्थापित गर्ने उद्देश्यले झापामा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुनर्गठन भएको छ ।
सञ्जालले बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सोमवार (आज) कार्य समिति सार्वजनिक गरेको हो । नौ सदस्यीय कार्य समिति भएको सञ्जालको अध्यक्षमा अधिवक्ता कविता बास्तोला पाठक चयन भएकी छिन् ।

समितिको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनमोल, सह–सचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जली सिन्हा ठकुरी चयन भएका छन् ।
त्यस्तै सदस्यमा शिखा खड्का गणेश, सनम राजवंशी, चञ्चला सुब्बा र दुर्गा आचार्य रहेको बताइएको छ ।
सल्लाहकारमा कोशी प्रदेश पूर्व सांसद जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का र अधिवक्ता शान्ता पाठक तिम्सिना रहेका छन् ।
महिलाका अधिकारका विषयलाई प्रमुख प्राथमिकता दिदै सञ्जालले भूमिका निर्वाह गर्ने बताइएको छ । झापामा २०६४ सालदेखि यस सञ्जालले महिला मानवअधिकारको क्षेत्रमा वकालत गर्दै आएको बताइएको छ ।

महिलाहरूमाथि हुने घरेलु हिंसा, महिला अधिकार उल्लङ्घन, बिभेद लगायतका विषयमा कार्य गर्दै त्यस्ता समस्या सामूहिक रुपमा अन्त्य गर्ने उद्देश्यले सञ्जालको पुनर्गठन गरिएको सञ्जालकी अध्यक्ष बास्तोलाले बताइन । मानव अधिकारकर्मी राज्यको न्याय दिने निकाय होइन, प्रहरी, प्रशासन, अदालतको काम गर्ने पनि होइन तर मानव अधिकारको सवालमा, संविधानमा सुनिश्चित अधिकारको बारेमा राज्य र सरोकारवाला पक्ष सँग पैरवी गर्ने र न्याय पाउनबाट बञ्चित बन्नु अवस्थामा रहेका महिलाहरूलाई न्याय दिलाउन शसक्त रुपमा आवाज उठाउने र महिला मानवअधिकार रक्षक सञ्जाल झापाले आफ्नो उद्देश्य अनुसारको काम आजैका दिनबाट सुरु गरेको अध्यक्ष बास्तोलाले बताइन । उनले थप्दै भनिन ‘झापाका गाउँ, शहरका महिलाहरूले अब मानव अधिकार हननको सिकार बनेर पारिवारिक, सामाजिक र मानसिक तनावमा रहनु नपर्ने, महिलाहरूलाई यि  समस्याबाट मुक्त गराउन झापामा न्याय, सञ्चार, शिक्षा, समाज, अपाङ्गता, तेस्रोलिंगी हकहितका लागि सशक्त क्रियाशील महिलाहरू सञ्जालको समितिमा रहेको र केन्द्रबाटै सिफारिस भएर आएको नामहरूलाई आज घोषणा गरिएको हो ।’

कार्यक्रममा स्वागत सञ्जालकी उपाध्यक्ष कमला भट्टराईले गरेकी थिइन् भने सञ्चालन सचिव लीला अनमोलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर