Aamsanchar

तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उपमहानगरको कृषि शाखाले वडा नम्बर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।

माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकीकरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताउनुभयो । परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनका लागि माटो परीक्षण आवश्यक भएको बताउनुभयो । माटोको अवस्था पहिचान गरी सोही बमोजिमका कीटनाशक औषधि प्रयोग गर्न मेयर खड्काले कृषकलाई आग्रह गर्नुभयो । क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज दुुई सय जना कृषकले माटो परीक्षणका लागि माटोको स्याम्पल वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको स्याम्पल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर