![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240509_155003915.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इलाम- गएको वर्ष पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट क्षति व्यहोरेका इलामको सूर्योदय नगरपालिकाका किसानहरूलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले चार सय ९३ किसानलाई राहत रकम उपलब्ध गराएको हो ।
सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले किसानहरूको एक भेलामा राहत रकमको चेक हस्तान्तरण गर्नुभयो । लम्पी स्किनका कारण नगरपालिका क्षेत्रमा पाँच सय ४० गाईबाच्छा मरेका थिए । पशुहरूबाट क्षति व्यहोरेका यी किसानहरूलाई नगरपालिकाले बैङ्कमार्फत क्षति हेरेर पाँच प्रति किसानलाई पाँच हजारदेखि ८० हजार रुपियाँ उपलब्ध गराएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
‘‘अहिले सूर्योदयमा लम्पी स्किनको कुनै खतरा छैन । अब नगरपालिकालाई खोरेत मुक्त गराउन पनि हामीले खोरेतविरुद्धको खोप अभियान चलाइ रहेका छौँ ।’’ नगरप्रमुख राईले भन्नुभयो, ‘‘खोरेत मुक्त गराएर सूर्योदयलाई दूध उत्पादनमा आत्मनिर्भर गराई दूधसम्बन्धी उद्योग स्थापनाको लक्ष्यमा छौँ ।’’ दुधजन्य पदार्थहरूको विदेश निर्यात गर्दा खोरेत मुक्त हुनुपर्ने अनिवार्य भएकाले पहिला खोरेत मुक्तको अभियानमा रहेको राईको भनाइ छ ।
सूर्योदयले गाई पालन र दुध उत्पादनमा सक्षम गराउन उन्नत जातको ‘सेक्स सिमेन’ समेत किसानहरूलाई अनुदानसहित उपलब्ध गराउँदै आएको छ । यसरी उपलब्ध गराइएको सेक्स सिमेनबाट ९० प्रतिशत उन्नत जातका बाच्छीहरु जन्मिएको पाइएको नगरप्रमुख राई बताउनुहुन्छ ।
‘‘अब सूर्योदयलाई दुधको नगर भनेर परिचित गराउने लक्ष्य छ । त्यसका लागि खोरेत रोग मुक्त गराएर विदेश निर्यात गर्न सक्ने किसिमको दुग्धजन्य वस्तुहरूको उत्पादनमा हामी लाग्ने छौँ ।’’ राईले भन्नुभयो, ‘‘कम्तीमा दैनिक दुई लाख लिटर दुध यहाँ उत्पादन गरेर नगरपालिका भित्रै ठुलो किसिमको दुग्ध उद्योग स्थापना गर्न पहल सुरु गरेका छौँ । यसबाट धेरै युवाहरूलाई स्वरोजगार बन्ने, रोजगारीको अवसर दिने र यहाँबाट उत्पादित दुग्धजन्य वस्तु निर्यात हुँदा विदेशी मुद्रा आर्जन हुन सक्ने अवस्थाको सृजना हुनेछ ।’’
नगरपालिकाले यसपटक भने निःशुल्क रूपमा सेक्स सिमेन नपाएका र लम्पी स्किनबाट क्षति भएका किसानलाई राहत उपलब्ध गराएको जनाएको छ ।