Aamsanchar

नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

Author Image
शुक्रवार, वैशाख २८, २०८१

काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो ।

जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मे सम्म रहने जानकारी दिएको छ ।

त्यसपछि नेपाली क्रिकेट टिम फेरी अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)