Aamsanchar

मुम्बईमा तुफान र वर्षाकाे कारण होर्डिङ बोर्ड खस्दा १४ जनाकाे मृ*त्यु

Author Image
मङ्गलवार, जेठ १, २०८१

मुम्बई- भारतको मुम्बईमा सोमबार आएको तुफान र वर्षाका क्रममा एक विशाल होर्डिङ बोर्ड खस्दा मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्ममा १४ पुगेको छ । घाइतेको संख्या पनि ७४ पुगेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रहरीका अनुसार, अपराह्न करिब ४।३० बजे अचानक आएको तुफानमा स्थानीय घाटकोपर इलाकाको समता कोलोनीस्थित रेलवे पेट्रोलपम्पछेउको होर्डिङ बोर्ड खसेको थियो । उक्त बोर्ड ७० मिटरको थियो ।

अधिकारीहरूका अनुसार, उक्त होर्डिङ बोर्ड एक पेट्रोलपम्पमा खसेको थियो । त्यहाँ वर्षा र तुफानका कारण धेरै मानिस रोकिएका थिए । राति अबेरसम्म घाइतेलाई जोगाउने प्रयास गरिएको थियो । अझै पनि त्यहाँ केही मानिस फसेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर