Aamsanchar

माया क्रिकेट क्लबको जर्सी सार्वजनिक

Author Image
मङ्गलवार, जेठ १, २०८१

माया क्रिकेट क्लबले क्याम्बर्लीस्थित हाउली मैदानमा आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

उक्त जर्सी सार्वनजिकीकरण कार्यक्रममा नेपाली वियर उत्पादकका तर्फबाट निर्देशक विकास नेपाल, मामाज रेष्टुरेन्ट हाउन्स्लोबाट टंक गुरुङ, क्याटलिस्ट आईटी कन्सल्टेन्सीका हरि भट्ट र एचटीआर केयर एण्ड रिक्रुटमेन्टका टङ्क भट्टराई एवं जेनिश गिरी सहभागि थिए।

सञ्चालक पाण्डेले सबै प्रायोजकलाई धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । मायाले प्रायोजकसँग सहकार्य गरि उनीहरूको व्यवसाय प्रवर्द्धनमा समेत सहयोग गर्ने प्रतिवद्धता  व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी हुन सबै प्रायोजकलाई जानकारी दिइएपनि छोटो सूचनाका कारण सीमित प्रायोजक त्यहाँ उपस्थित भएका थिए।

माया क्रिकेट क्लबलाई एचटीआर केयर एण्ड रिक्रुटमेन्ट, क्याटलिस्ट आईटी कन्सल्टेन्सी, सलाद मास्टर यूके (मनीकला राई), ड्रिम्स एजुकेसन कन्सल्टेन्सी, हिरेन पटेल सोलिसिटर्स, केटीएम ट्राभल एण्ड टुर्स, आर के अटो वर्क्स, जीएनएस एसोसिएट्स, मोर्डन डोनेस्टिक प्लम्बिङ एण्ड हिटिङ, दि गोर्खा सेन्टर, आइकोन कन्सट्रक्सन, मामाज हाउन्स्लो, नेपाल फुड्स, नेपाली बियर, हाउस क्रिकेट एकेडेमी र स्रान कन्स्ट्रक्सनले प्रायोजन गरेका थिए ।

माया क्रिकेट क्लब माया इभेन्ट्स र माया सपोर्टेड लिभिङ लिमिटेडद्वारा लन्डनमा सञ्चालित नयाँ क्लब हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर