Aamsanchar

जितसँगै म्यानचेस्टर सिटी शिर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २–० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।

म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ ।

म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।

म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।

त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर