![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240515_102129127.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – बलात्कार आरोपमा तल्लो अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा हेर्दाहेर्दैमा परेको छ।
बहस नसकिएपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उनीहरूले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरे। सन्दीपका तर्फबाट अझै दुई जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।
पीडितका तर्फबाट सरकारी वकिल र निजी वकिलहरूले बहस गरेका थिए।
अग्राधिकार प्राप्त मुद्दामा भोलि बुधबार बहसले निरन्तरता पाउने र भोलि नै अदालतले फैसला दिने एक कानुन व्यवसायीले बताए।
काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।
न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो।
यसअघि वैशाख २३ गते न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो । विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको हो ।