Aamsanchar

सन्दीपको मुद्दामा सुनुवाइ हुँदै, अदालत परिसरको सुरक्षा व्यवस्था कडा

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौं – उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहेका बेला अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको हो।

अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो। सम्भवतः आज सन्दीपको मुद्दामा फैसला आउने बताइएको छ। फैसला आउने भएपछि क्रिकेटर लामिछाने पनि अदालत पुगेका छन्।

मंगलबार बहस नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा परेको थियो। पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपको मुद्दा सुनुवाइ भइरहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर