Aamsanchar

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीद्वारा सन्यासको घोषणा

Author Image
बिहिवार, जेठ ३, २०८१

काठमाडौं – भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय सुनिलले बिहीबार सामाजिक सञ्जालमार्फत फिफा विश्वकप छनोटअन्तर्गत जुन ६ मा हुने कुवेतविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

भारतीय टिममा दुई दशक बिताएका सुनिलले सन् २००५ मा पहिलो क्याप जितेका थिए । सन् २०१२ मा भारतीय टिमको कप्तानीमा नियुक्त भएका सुनिलले एकपटक एएफसी च्यालेन्ज कप, चारपटक साफ च्याम्पियनसिप, तीनपटक नेहरू कप, दुईपटक इन्टरकन्टिनेन्टल कप र एकपटक त्रिदेशीय शृंखलाको उपाधि जितेका छन् ।

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय सुनिलले बिहीबार सामाजिक सञ्जालमार्फत फिफा विश्वकप छनोटअन्तर्गत जुन ६ मा हुने कुवेतविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

भारतीय टिममा दुई दशक बिताएका सुनिलले सन् २००५ मा पहिलो क्याप जितेका थिए । सन् २०१२ मा भारतीय टिमको कप्तानीमा नियुक्त भएका सुनिलले एकपटक एएफसी च्यालेन्ज कप, चारपटक साफ च्याम्पियनसिप, तीनपटक नेहरू कप, दुईपटक इन्टरकन्टिनेन्टल कप र एकपटक त्रिदेशीय शृंखलाको उपाधि जितेका छन् ।उनले भारतीय टिमबाट १५० अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरेका छन् । हाल सक्रिय फुटबल खेलिरहेकामध्ये सुनिल उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको तेस्रो स्थानमा छन् । सुनिलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेसी छन् ।

रोनाल्डोले २०५ खेलमा १२८ गोल र मेसीले १४८ खेलमा १०८ गोल गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर