Aamsanchar

विश्व दूरसञ्चार दिवसको परिवेश, नेपाली दूरसञ्चार इतिहास

Author Image
बिहिवार, जेठ ३, २०८१

विश्व दूरसञ्चार दिवसको परिवेश
सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।

त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।

सन् २०२४ को दूरसञ्चार दिवसको नारा नै म्ष्नष्तब िक्ष्ललयखबतष्यल ायच क्गकतबष्लबदभि म्भखभयिऊभलत अर्थात् दिर्घकालिन बिकासका लागि डिजीटल नवप्रवर्तन भन्ने अर्थ लाग्दछ ।

नेपाली दूरसञ्चार इतिहास
सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।

सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो ।नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर