Aamsanchar

‘बोइलर कुखुराबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा सर्दैन’

Author Image
आइतवार, जेठ ६, २०८१

काठमाडौँ – नेपाल भेटेरिनरी एसोसिएसनले बजारमा हल्ला फैलिएजस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । एसोसिएसनका अध्यक्ष डा।रामकृष्ण खतिवडा र महासचिव डा।केदार सुवेदीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखा परेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ । केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभीएले आग्रह गरेको छ । भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एसोसिएसनले माग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर