Aamsanchar

स्कुल स्पोर्ट फाउण्डेसन  र नेपाल स्कुल खेलकुद महासंघ बीच सम्झौता

Author Image
सोमवार, जेठ ७, २०८१

सुनसरी ।  स्कुल स्पोर्ट फाउण्डेसन  र नेपाल स्कुल खेलकुद महासंघ बीच  सम्झौता भएको छ ।

चीनको डालियानमा दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा स्कुल स्पोर्ट फाउण्डेसनका  अध्यक्ष रोमन ग्रेबा  र नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समिति सदस्य राजकुमार कार्कीले हस्ताक्षर गरेका छन् ।

नेपालभरका विद्यालयहरूमा खेलकुद शिक्षा र गतिविधिहरूलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी ढाँचा स्थापना गर्ने लक्ष्य राखेर को सम्झौता गरिएको महासङ्घका कार्यकारी सदस्य राजकुमार कार्कीले जानकारी दिए ।

बालबालिकाको सामाजिक, आर्थिक पृष्ठभूमिलाई ध्यान दिएर सबै बालबालिकाको लागि खेलकुद पहुँचयुक्त बनाउने, त्यसैगरी युवा विकास र सामुदायिक कल्याणमा खेलकुदको प्रभावको मूल्याङ्कन गर्न अनुसन्धान र विकास सहित संयुक्त पहलका लागि धेरै क्षेत्रमा ध्यान केन्द्रित गर्ने पत्रमा उल्लेख भएको छ।

खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने, प्राविधिक सहयोग र तालिमका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूसँग समन्वय गर्ने, विद्यार्थीहरूको स्वास्थ्य र शिक्षा, खेलकुद कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने जस्ता सहयोग स्कुल स्पोर्ट फाउण्डेसनले गर्ने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर