Aamsanchar

पाथीभरा याङ्वरकले जित्यो मेयर कप भलिबलकाे उपाधि

Author Image
सोमवार, जेठ ७, २०८१

ताप्लेजुङ-ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न चौथो मेयर कप पुरुष भलिबल उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । सोमबार फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।

पाथीभरा याङ्वरकले उपाधि चुम्न २५–१५, २५–२०, २५–१९ को सेटमा जित हासिल गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा २५–२१ को एकमात्र सेट सिदिङ्वा गाउँपालिकाले जितेको थियो । मेयर कप भलिबल उपाधि जितेसँगै पाथीभरा याङ्वरकले ट्रफीसहित दुई लाख ७५ हजार एक रुपियाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको सिदिङ्वाले एक लाख ४० हजार एक सय रुपियाँमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिताको सेमी फाइनल पुगेको अन्य दुई टोली सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकालाई ४५ हजार १०० रुपियाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा फङ्लिङ नगरपालिकाले अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका नौमध्ये सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर