Aamsanchar

बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी

Author Image
बुधवार, जेठ ९, २०८१

बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हरायो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्गलादेश र अमेरिकाले तीन खेलको टी–२० श्रृङ्खला खेल्दैछन् । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्गलादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ ।

नेपाल र बङ्गलादेशबीचको खेल जुन १७ तारिखमा हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । अमेरिकाले आयोजकका रुपमा टी–२० विश्वकप खेल्न लागेको हो । अमेरिका समूह ‘ए’ मा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर