Aamsanchar

बिर्तामोडको पहिचान,शक्ति र सामर्थ्य बारेमा विकास शिखर सम्मेलन सम्पन्न

Author Image
बुधवार, जेठ ९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको वर्तमान पहिचान, शक्ति र सामर्थ्यको बारेमा बिर्तामोड विकास शिखर सम्मेलन (बिर्तामोड  डेभलपमेन्ट समिट) सम्पन्न भएको छ ।
मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधवार (आज) झापाको बिर्तामोडमा ‘बिर्तामोड विकास शिखर सम्मेलन’ सम्पन्न भएको हो ।

रिसर्च सेन्टरले नगरको शिक्षा, स्वास्थ्य, व्यवसाय, सहकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा प्यानल डिस्कसन गरेको थियो । नगरका शिक्षा, स्वास्थ्य, व्यवसाय, सहकारी र स्थानीय तहसहित सरोकारवालासँग समस्या, चुनौती र समाधानका विषयमा कार्यक्रममा छलफल भएको थियो ।

प्रमुख वत्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ रहेको कार्यक्रमको संयोजन मिडिया रिसर्च सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गरेका थिए ।
बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले शिक्षा, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले स्वास्थ्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ब्यापार तथा व्यवसाय, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दङ्गालले सहकारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समग्र नगरको अवस्था, चुनौती र समाधानका विषयमा प्यानल डिस्कसनमा भाग लिएका थिए ।

उनीहरूले कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफसमेत दिएका थिए । प्रश्नकर्ता विजय तिम्सिनाले प्यानल डिस्कसनमा सम्बन्धित क्षेत्रका ज्ञातालाई सम्बन्धित प्रश्नहरू सोधेका थिए भने उनीहरूले तिम्सिनाले सोधेको सवाल जवाफको उत्तर दिदै सहभागीहरूका जिज्ञासासमेत समाधान गरेका थिए ।  सहभागीको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक तीर्थ सिग्देल गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर