Aamsanchar

महिला एशिया कपका लागि नेपालकाे प्रारम्भिक टोली घोषणा

Author Image
बिहिवार, जेठ १०, २०८१

काठमाडौं- श्रिलंकामा १९-२८ जुलाईमा आयोजना हुने एसिसी महिला एशिया कपका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै ​नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रारम्भिक टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार (विकेटकिपर)रहेका छन्।

यस्तै, खुशी डंगोल,लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट छन्। यसैगरी, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर