Aamsanchar

अमेरिकाले सन्दिपलाई भिसा दिन अस्विकार गरेपछि…..

Author Image
बिहिवार, जेठ १०, २०८१

काठमाडौं – टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ। अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जानकारी गराएका छन्। लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका छन्। उनले लामिछानेले विश्वकप खेल्ने बाटो खुल्ने आशा व्यक्त गरे।

लगििशाहीले फेसबुकमा लेखेका छन्,‘आज एकाबिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौं। आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ रु नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ १ जय नेपाल।’

 

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् बुधबार आफूले भिसा नपाएको जानकारी दिएका थिए। उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको बताए।

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्। उच्च अदालत पाटनबाट गत बुधबार सफाइ दिएसँगै लामिछानेको विश्वकप खेल्ने बाटो खुलेको हो।

टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा नेपाली क्रिकेट टोलीले अभ्यास खेल पनि खेलेको छ। नेपाली टोलीले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्नेछ। क्यानडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच हुनेछ।

नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर