Aamsanchar

अर्जुनधाराकी ठुली दिदी १०० वर्षमा ५० वर्षीया जस्ती 

Author Image
बिहिवार, जेठ १०, २०८१


अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित एक महिलाको जन्मोत्सव छिमेकीहरूले मनाई दिएका छन् ।
हिजो कञ्चनबारी निवासी पार्वता बराल (ठुली दिदी) को जन्मोत्सव छिमेकीहरूले मनाई दिएका हुन ।

पार्वता बरालको कोही आफन्त नभएर छिमेकीहरूले जन्मोत्सव भने मनाई दिएका होइनन् । बराल समाजकै एक मात्र ज्येष्ठ नागरिक शताव्दी महिला हुन उनी एक सय वर्ष पुरा भएको खुसियालीमा आफन्त सहित छिकीहरुले संयुक्त रुपमा शताव्दी महिला बरालको जन्मोत्सव मनाइएको बरालका आफन्त दिवस गौतमले जानकारी दिए ।

शताब्दी पुरा गरेकी बरालको जन्म वि।सं। १९८१ जेठ ९ गते ताप्लेजुङको हाङदेवामा भएको थियो । उनको बाल्य अवस्था ८ वर्षमा विवाह भएको थियो । श्रीमानको निधन, बराल माइतमै रहँदा भएको बताईएको छ ।

बुवा बृहस्पति र आमा पवित्रा देवी भण्डारीकी जेठी छोरी शताव्दी महिला  जीवनको ९ दशक देखि एकल जीवन बिताउदै आएकी छन्, हाल उनी माइती घरमै बस्तै आएकी छन् ।
एक शताव्दी सम्म स्वस्थ जीवन यापन गर्न सफल पार्वता बराल आज भोलि पनि ५० वर्षको उमेर जस्तै गाउँघरमा लौरोको सहारा नलिइकन घुमफिर गर्दै आएकी छन् । यो उमेरमा पनि प्रष्ट बोली र तृष्णा सुजबुझ र आखाँमा चस्मा पनि लगाउनु परेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर