Aamsanchar

बङ्ग्लादेशसँगको दोस्रो टी–२० मा पनि अमेरिका विजयी

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाण्डौ – बङ्ग्लादेशसँगको दोस्रो टी–२० मा पनि अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्ग्लादेशलाई ६ रनले हरायो । आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्ग्लादेश र अमेरिकाले खेलिरहेको तीन खेलको टी–२० मा लगातार दोस्रो खेलमा पनि जितेर अमेरिकाले एक खेल अगावै श्रृङ्खला जितेको छ ।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बङ्ग्लादेशका कप्तान नजमुल होसेन शान्टोले सर्वाधिक ३६ रन बनाए । अमेरिकाका पेसर अलि खानले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले सर्वाधिक ४२ रन बनाएका थिए ।

श्रङ्खलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल भोलि हुनेछ । बङ्ग्लादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ । नेपाल र बङ्ग्लादेशबीचको खेल जुन १७ तारिख अर्थात असार ३ गते हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । अमेरिकाले आयोजकका रुपमा टी–२० विश्वकप खेल्न लागेको हो । अमेरिका समूह ‘ए’ मा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर