Aamsanchar

फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद खेल्ने

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ । आजको खेल जित्नेले उपाधीका लागि कोलकातासँग खेल्ने छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर