Aamsanchar

सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्माले पुष्टि गरे

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।

शर्माले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौं न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौं । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त ।’

सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन् । विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि कांग्रेस आक्रोशित छ । श्रोत: नेपाल प्रेस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)