Aamsanchar

आईपीए क्रिकेटको उपाधि भिडन्त आज, कस्ले मार्ला बाजि ?

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

कोलकाता र हैदराबादबीच अहिलेसम्म २७ पटक भेट भएकोमा कोलकाता १८ र हैदराबाद ९ खेलमा विजयी भएको छ । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक खेल्न लागेका हुन् । यस्तै कोलकताले चौथो पटक र हैदराबादले तेस्रो पटक फाइनल खेल्न लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर