Aamsanchar

विदेशीएका १० हजार २ सय ३० जना नेपाली बाकसमा फर्किए

Author Image
सोमवार, जेठ १४, २०८१

काठमाडौं – दश वर्षमा विदेशमा १० हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्।

सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १० हजारभन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाएका हुन्।

आर्थिक वर्ष २०७०/७१ सालमा ८७७ जनाले विदेशी भूमि ज्यान गुमाउँदा २०७८/७९ मा सबैभन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ महिला रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर