Aamsanchar

मेन्याङ्बो बने एमाले कोशी प्रदेश संसदीय दलका उपनेता

Author Image
मङ्गलवार, जेठ १५, २०८१

विराटनगर – नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता परिवर्तन भएका छन् ।

मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।
उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।
मंगलबारकै बैठकले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव दिन पाँच सदस्यीय सुझाव समिति बनाएको छ । समितिमा उपनेता मेन्याङ्बोसहित कमला दर्नाल, तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर