Aamsanchar

धनकुटामा शुरु भयो जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता

Author Image
बुधवार, जेठ १६, २०८१

धनकुटा – धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता बुधवारदेखि शुरु भएको छ। बिहीवारसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका विभिन्न विद्यालयका २९ छात्र र ६ छात्रा गरी ३५ जना सहभागी छन्।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा भएको प्रतियोगिताको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गरे।

पौडेलले बुद्धिचाल पनि व्यावसायिक रूपमा अघि बढिरहेको बताउँदै बुद्धिचालका लागि खेलाडी उत्पादन गरिनुपर्नेमा जोड दिए।

जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन २ जना छात्र र २ छात्रा छानिने जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर