Aamsanchar

ग्रिकको क्लबले जित्यो युरोपा कन्फरेन्स लिगको उपाधि

Author Image
बिहिवार, जेठ १७, २०८१

काठमाडौं – युरोपा कन्फरेन्स लिगको उपाधि ओलम्पिकोसलले जितेको छ। योसँगै महादेशीय प्रतियोगिताको उपाधि जित्ने ओलम्पिकोसल पिरायुस पहिलो ग्रिक क्लब बनेको हो।

गएराति ग्रीसको एथेन्समा भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई १–० ले हराउँदै ओलम्पिकोसल उपाधि जितेको हो। ​ आयोउबी एल काबीले अतिरिक्त समयको चार मिनेट बाँकी रहँदा गोल गरेपछि ओलम्पिकोसलले घरेलु समर्थकमाझ जित दर्ता गरेको हो।

प्रतियोगितामा यो उनको ११ औं गोलसमेत थियो। ओलम्पिककोसलाई फाइनल पुर्‍याउन र उपाधि दिलाउन मोरक्कन स्ट्राइकरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

फियोरन्टिना लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ। फियोरन्टिना अघिल्लो सिजनको फाइनलमा वेस्ट ह्यामसँग पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर