Aamsanchar

विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा आतङ्कवादी हमलाको धम्की आएपछि…..

Author Image
बिहिवार, जेठ १७, २०८१

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा जुन ९ मा भारत र पाकिस्तानबीचको खेलमा आतङ्कवादी हमलाको धम्की आएपछि न्युयोर्कको आइसेनहोवर पार्क स्टेडियममा सुरक्षा बढाइने भएको छ ।

गभर्नरनको कार्यालयले विज्ञप्ति निकालेर अहिले अवस्थाको अनुगमन गरिरहेको र यस समयमा कुनै विश्वसनीय सार्वजनिक सुरक्षा खतरा नरहेको बताएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

न्युयोर्कको शहर म्यानहट्टनबाट झन्डै २५ माइल पूर्वमा रहेको आइसेनहोवर पार्क स्टेडियममा जुन ३ देखि जुन १२ सम्म भारत–पाकिस्तानको सहित आठ वटा खेल हुँदैछन् । नवौँ संस्करणको प्रतियोगिता यही जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

न्युयोर्कका गभर्नर काथी होचुलले आफ्नो प्रशासनले यी खेलहरूको सहज सञ्चालन सुनिश्चित गर्न महिनौँदेखि काम गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर