Aamsanchar

अमेरिकाले दिएन क्रिकेटर सन्दीप लामिछानेलाई भिसा

Author Image
बिहिवार, जेठ १७, २०८१

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि भिसा दिन अस्विकार गरेको छ। बुधबार अपरान्ह अन्तर्वार्ताका लागि अमेरिकी राजदूतावास पुगेका उनलाई अमेरिकाले पुन: भिसा दिन अस्विकार गरेको हो।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकप खेलाउन पठाउने निर्णय गर्दै भिसा प्रक्रिया अघि बढाएको थियो। अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पुन: सरकारले कूटनीतिक नोट पठाएपछि बिहीबार पुन: अन्तर्वार्ताका लागि बोलाइएको थियो।

तर बिहीबार पनि भिसा दिन अस्वीकार गरेको क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले जानकारी दिए। टी ट्वेन्टी विश्वकप क्रिकेट आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ।

क्यानले सन्दीपको ठाउँ खाली राखेर आइसीसीलाई १४ खेलाडीको मात्रै नाम बुझाएको थियो। तर अब यसअघि घोषित १५ सदस्यीय टिमले नै प्रतियोगिता खेल्ने लामाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर