Aamsanchar

इलाम साँखेजुङ स्वास्थ्य चौकीमा उपकरण र औषधि छैन 

Author Image
शुक्रवार, जेठ १८, २०८१

इलाम । नागरिकले बाच्न पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्न राज्यले नागरिकलाई प्रत्याभूत हुनेगरि काम गर्नु पर्ने हो तर राज्यले आजको युगमा पनि स्वास्थ्य क्षेत्र तर्फ खासै ध्यान दिन सकेको छैन ।
पहाडी ग्रामीण क्षेत्रमा त झन नागरिकको बाच्न पाउनु पर्ने कुरा सर्व सम्पन्न स्वास्थ्य संस्था स्थापना गर्नु त कता हो कता पहिले नै स्थापना भएका स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य उपचार पनि पाउन सकेका छैनन् ।
एकात्मक राज्य सञ्चालन हुँदा र्दुगम गाउँहरूमा विकास पुग्न सकेन, यस्तो राज्य व्यवस्थाले नागरिक पीडित भए भनेर राज्य व्यवस्था परिवर्तन गर्न जनतालाई अग्रसर बनाएर अहिले सत्ताको स्वाद चाखिरहेका नेता र मन्त्रीहरूले जनतालाई झुक्याए, जनताको आधारभूत सुविधा तर्फ खासै सोच्न सकेका छैनन् भनेर जनताहरूले नयाँ व्यवस्था प्रति पश्चाताप गर्न थालेको पाइन्छ ।
गाउँ गाउँमा सिंहदरवार पठायौँ भनेर भाषण ठोक्ने इलाम जिल्लाका नेता, सांसद र पूर्व मन्त्री, मन्त्रीहरूलाई इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङ नेपालटारका नागरिकहरूले आश्वासन बाढ्ने दानीहरू भन्ने नजरले  हेर्न थालेका छन् । 

साँखेजुङका नागरिकहरूको तर्फबाट सरकार समक्ष धेरै मागहरू रहेका छन् । मागहरू मध्ये स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापन पहिलो बनेको छ ।

२०३५ सालमा स्थापना भएको साँखेजुङ स्वास्थ्य चौकीको भौतिक पूर्वाधार कमजोर तथा आवश्यक स्वास्थ्य उपकरण र औषधि विहीन अवस्थामा रहेको छ । पञ्चायतकालमा स्थापना भएको स्वास्थ्य चौकी ४५ वर्ष पछि गणतन्त्र व्यवस्थामा आइपुग्दा आधारभूत स्वास्थ्य चौकी बन्न पुगेको छ । नजिकै अर्को सुविधा युक्त स्वास्थ्य चौकी निर्माण भएर साँखेजुङ स्वास्थ्य चौकीको अवस्था भने कमजोर बनाइएको होइन, भएको स्वास्थ्य चौकीको उचित व्यवस्थापन हुन नसकेका कारण अहिले स्वास्थ्य चौकी बेहाल अवस्थामा आइपुगेको स्थानीयवासीको भनाई छ ।

स्वास्थ्य चौकीको अवस्था हेर्दा सो ठाउँमा कोही पनि नेताले ध्यान नदिएको प्रस्ट हुन्छ, स्थानीय सरकार इलाम नगरपालिकाले पनि स्वास्थ्य चौकी विकासमा कमगर्न सकेको छैन ।
साँखेजुङ स्वास्थ्य चौकीमा सेवा लिने नागरिकहरूको संख्या ३ हजार ५०० रहेको छ । स्वास्थ्य चौकीमा सेवा लिन भनेर दैनिक सरदर ३ सय जना सर्वसाधारण स्वास्थ्य चौकीमा आउने गरेको स्वास्थ्य चौकी प्रमुख पूजा भट्टराईले बताइन । स्वास्थ्य चौकीमा ४ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् ।

सेवाग्राहीहरू सेवा लिन आउने गरेपनि सरकारले तोकेको सेवा सुविधाहरू स्वास्थ्य चौकीबाट उपलब्ध भइरहेको छैन । सरकारले स्वास्थ्य चौकीका लागि आवश्यक पर्याप्त सामाग्री, औषधिहरू उपलब्ध नगरे पछि सर्वसाधारणहरू स्वास्थ्यकर्मीहरू सँग भेट गरेर मात्र घर फर्कन बाध्य हुँदै आएका छन् ।

स्वस्थ चौकीको कमजोर व्यवस्थापकीय अवस्थालाई देखेर स्थानीयवासीले सकेको प्राविधिक सामाग्रीहरू सहयोग गर्ने गरेका छन् । सोही क्रममा सोही स्थानमा जन्मिइ हुर्केका हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका बिनोद बस्नेत र राजु ढकालले एउटा प्रिन्टर सहयोग गरेका छन ।

हिजो (बिहिबार) इलाम १ का वडाध्यक्ष गायत्री बस्नेतको रोहबरमा उक्त प्रिन्टर बिनोद बस्नेतले हस्तान्तरण गरेका हुन । २५ हजार मूल्यको प्रिन्टर बस्नेतले स्वास्थ्य चौकीमै पुगेर हस्तान्तरण गरेको स्वास्थ्य चौकी प्रमुख भट्टराईले आमसंचारलाई जानकारी दिइन ।

प्रिन्टर हस्तान्तरण कार्यक्रममा स्थानीय राजु बस्नेत, विपिन बस्नेत, मोहन गुरुङ, ज्ञानेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।  प्रिन्टर नहुदाँ स्वास्थ्य चौकीका कर्मचारीहरू वडा कार्यालयमा प्रिन्ट गर्न जान बाध्य थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर