Aamsanchar

विपद्को सामना गर्न तुलसीपुर ‘हाई अलर्ट’मा

Author Image
सोमवार, जेठ २१, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपद्को सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यवस्थापन गर्ने भएको छ ।
आज बसेको उपमहानगरको विपद्  व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी भदौ १५ गतेसम्म डोजर, टिपर र कर्मचारी, खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बर्खायाममा फैलनसक्ने झाडापखाला, हैजा लगायतका महामारीको नियन्त्रणका लागि जनस्वास्थ्य प्रबन्धन शाखालाई ‘हाई अलर्ट’ राख्ने, सुरक्षा निकाय, डिइओसी, रेडक्रस लगायतका संघ सस्था सँगको समन्वयलाई निरन्तरता दिने निर्णय गरेको विपत व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले विपद्को सामना गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै तयारी अवस्थामा बस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।  बर्खायाममा विपद्को जोखिम उच्च हुने भएकाले उद्धारका सामग्रीको कमी हुन नदिन आफू प्रतिवद्ध भएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)