Aamsanchar

साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने

Author Image
सोमवार, जेठ २१, २०८१

काठमाण्डौ – साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ । सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।

साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनशिप २०२४ को आयोजक स्वीकृत गरेको हो । प्रतियोगितामा साफका सात वटै देशको सहभागिता रहने छ । प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा हुने तय भएको छ ।

यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो । त्यो संस्करणमा नेपाल फाइनलमा बङ्ग्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ ।

यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन् ।

यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर