Aamsanchar

इकोमले बाह्रदशी स्थित संस्कृत विद्यालय परिसरमा वृक्षरोपण गरेर मनायो वातावरण दिवस

Author Image
बुधवार, जेठ २३, २०८१

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका स्थित गौरीशंकर गायत्री स्वरूपाश्रम (संस्कृत विद्यालय) साधुकुटी परिसरमा वृक्षरोपण गरिएको छ । भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने यस वर्षको विश्व वातावरण दिवसको नारालाई सार्थक बनाउने उद्देश्यले वृक्ष रोपन गरिएको आयोजकले जनाएको छ ।

बिर्तामोड स्थित इकोम कलेज र इकोम स्कुलको आयोजनामा विविध प्रजातिको बिरुवाहरू रोपन गरेर वातावरण दिवस मनाइएको साधुकुटी कञ्चनगढ धामका अध्यक्ष ज्ञानप्रसाद सुवेदीले जानकारी दिए ।
वृक्षरोपणमा कलेज, स्कुल र इकोम क्लबका विद्यार्थीहरूशिक्षकहरूको सहभागिता रहेको थियो ।

‘सभ्य समाज र देशको विकास, संस्कारी र शिक्षित बालबालिकाको आधार’ भन्ने नारा अघि सारेर शैक्षिक तथा सामाजिक क्षेत्रमा गर्विलो नाम बनाउन सफल इकोमले हरेक वर्ष वातावरण दिवस मनाउँदै आएको इकोम विद्यालयकी प्रधानाध्यापक प्रमिला बजगाईँले जानकारी दिइन ।

विद्यार्थीहरूलाई वातावरण संरक्षण कार्यक्रममा सरिक हुन इकोम क्लबकी अध्यक्ष दिक्षा राजवंशीले समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन । वृक्ष रोपन कार्यक्रममै वातावरण सम्बन्धी गीतमा शिक्षक गोमा भण्डारी ओझाले कार्यक्रमको औचित्यमाथी प्रकास पारेकी थिइन ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर