Aamsanchar

टी–२० विश्वकप : आज राति अमेरिका र पाकिस्तान खेल्ने

Author Image
बिहिवार, जेठ २४, २०८१

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति अमेरिका र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ को यो खेल अमेरिकाको डालासमा रहेको ग्रान्ड पेरी स्टेडियममा राति सवा ९ बजे शुरु हुनेछ ।

अमेरिका र पाकिस्तानले एकअर्कासँग अहिलेसम्म कुनै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलको छैनन् । आजको खेल यी दुई टोलीबीचको पहिलो भेट हुनेछ ।

प्रतियोगितामा अमेरिकाले दोस्रो र पाकिस्तानले पहिलो खेल खेल्न लागेका हुन् । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । अमेरिका २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

टी–२० विश्वकपमा आज बिहान भएका खेलमा अस्ट्रेलियाले ओमानलाई र युगान्डाले पपुवा न्यु गिनीलाई हराएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर