Aamsanchar

गाँजा खेतीबारे भोलि कृषि समितिमा छलफल‚ गृहसहित ४ मन्त्री र ८ मन्त्रालयका सचिव सहभागी हुने

Author Image
बिहिवार, जेठ २४, २०८१

काठमाडौँ : आगामी आव ०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृह मन्त्रीसहित ४ जना मन्त्रीलाई बोलाएको छ।

आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रवार विहान ११ बजे बस्दै छ।

समितिले बजेटको ४९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो।

संसद् सचिवालयका उपसचिव शिवदत्त बरालकाअनुसार बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ।

छलफलका लागि ८ वटा मन्त्रालयका सचिवलाई पनि समितिले बोलाएको छ। चारजना मन्त्री पनि समितिमा छलफलका लागि उपस्थित हुने छन्।

समितिकाअनुसार गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई छलफलमा बोलाइएको छ। यी मन्त्रालयका सचिवहरु समेत छलफलमा उपस्थित हुनेछन्।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्वसमेतको सहभागितामा छलफल हुनेछन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)