Aamsanchar

नेपालकाे समुहमा रहेका नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिकासामु जितका लागि १ सय ४ रनको लक्ष्य

Author Image
शनिवार, जेठ २६, २०८१

न्युयोर्क – टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जरबर्चटले सर्वाधिक ४० रन बनाए । उनले ४५ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

उनलाई लोगन भान विकले २३ रन बनाउँदै साथ दिए । विक्रमजित सिंहले १७ बलमा १२ रन तथा कप्तान स्कट एडवार्डले ९ बलमा १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ओटनियर बार्टम्यानले ४ विकेट लिए भने मार्को यानसेन र एनरिच नोर्टजेले २–२ विकेट हात पारे ।

दुवै टोलीको यो दोस्रो खेल हो । यसअघि दुवै टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर