Aamsanchar

आज बाह्रौँ राष्ट्रिय कृषक दिवस

Author Image
शनिवार, जेठ २६, २०८१

बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१

नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि।सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ।

यस वर्ष अर्थात् वर्ष २०८१ को कृषि दिवस चाहिँ १२ औँ संस्करण हो । जीवन रक्षात्मक उत्पादनमूलक काममा लागेको कृषकलाई सम्मानित गरी, कृषक प्रधानता रहेको हाम्रो मुलुक नेपालको विकासमा सहयोग गरौँ भन्ने मूल आशयका साथ बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१ जेठ २७ गते विभिन्न स्थानमा विभिन्न वर्गका कृषकहरूलाई सम्मानित गरी मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समिति ले विनम्र अनुरोध गरेको छ । कृषि पेसालाई प्रवर्धन गर्दै, निर्वासमुखी कृषि बाट ब्यवसाहीक कृषिको यात्रालाई पैरवी गर्न नेपालमा यस दिवसको विशेष महत्त्व रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर