Aamsanchar

मह बेचेर भोजपुरको नागी क्षेत्रका किसानले एक करोड २० लाख रुपैयाँभन्दा बढी भित्र्याए

Author Image
सोमवार, जेठ २८, २०८१

भोजपुर – भोजपुरको नागी क्षेत्रका किसानले मह बिक्री गरी वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढी भित्र्याएका छन् । व्यावसायिक मौरीपालन भोजपुरको नागी क्षेत्रका किसानको आम्दानीको गतिलो स्रोत बनेको छ । टेम्केमैयुङ गाउँपालिका–४ मा पर्ने यो ठाउँका धेरै किसानले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका ठाउँमा मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताउनुभयो । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय किलोसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर