Aamsanchar

एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको पारसको टिप्पणी

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसिसी टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन्। सोमबार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको टिप्पणी गरे।

उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताए। उनले नेपाली क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताए। उनले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे। नेपाल विश्वका नम्बर वान देशहरूसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न उनको आग्रह थियो।

‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टि २० विश्वकप खेलिरहेका छौँ । तीन वटा म्याच बाँकी छ । फस्ट म्याचको रिजल्टपछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरुको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ।’ उनले भने, ‘तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरूको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दैछ । खेलाडीहरूले जिउ ज्यान लगाएर खेलिरहेका छन् । क्यानले जे गर्नसक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’

उनले खेलाडीहरूका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर