Aamsanchar

इजरायल-गाजा युद्धविरामको प्रस्ताव सुरक्षा परिषदमा पारित

Author Image
मङ्गलवार, जेठ २९, २०८१

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा इजरायल-गाजा युद्धविरामको प्रस्ताव पारित भएको छ। सुरक्षा परिषद्का ५ स्थायी र १० अस्थायी सदस्यमध्ये १४ देशले प्रस्तावमा समर्थन जनाएका छन्।

अमेरिकाले राखेको युद्धविरामको प्रस्तावमा भएको मतदानमा रुस भने सहभागी भएन। यो प्रस्तावमा युद्धविरामका लागि इजरायल तयार रहेको भन्दै हमासलाई तयार रहन आग्रह गरिएको छ। यस्तै पूर्णरुपमा युद्धविराम, हमासद्वारा बन्धक सबैको रिहाइ तथा इजरायलले कैदी बनाएका प्यालेस्टाइनीहरुको रिहाइ्लाई मुख्यरुपमा समेटिएको छ।

यसअघि इजरायलले गाजाको एक शरणार्थी शिविरमा आक्रमण गरी ४ बन्धकलाई छुटाएको थियो। आक्रमणमा २००भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको थियो। यो घटनापछि अमेरिकाले इजरायललाई जथाभावी आक्रमण नगर्न चेतावनीसमेत दिएको थियो।

गत अक्टोबर ७ मा हमासले इजरायलमा शुरु गरेको आक्रमणपछि इजरायलको जवाफी आक्रमणमा ३६ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । लगातारको आक्रमणमा लाखौँ गाजाबासी विस्थापित भएका छन् भने शहर भग्नावशेषमा परिणत भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर