![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/06/InShot_20240611_114028753.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो चरणको समूह एचमा रहेको नेपाल हालसम्म जितविहीन छ । यसैकारण मंगलबार नेपाल सुखद् अन्त्यमा रहनेछ ।
साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले यसअघि यही मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।पाँच खेल खेल्दा पनि अंकविहीन नेपाल तालिकाको पुछारमा छ । नेपालले हालसम्म छनोटको दोस्रो चरणमा १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ । यमनले समान एक खेलमा जित र बराबरी गर्दा तीन खेलमा हार बेहोरेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यसअघि दशरथ रंगशालामा भएको यमनविरुद्धको पहिलो लेगमा नेपाल २–० ले पराजित भएको थियो ।