Aamsanchar

सिक्किमका मुख्यमन्त्री गोलेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Author Image
मङ्गलवार, जेठ २९, २०८१

काठमाडौँ – भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह गोलेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन्। गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

उनीसँगै मन्त्रिपरिषद्का ११ जना मन्त्रीले पनि शपथ ग्रहण लिएका छन्। विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नरबहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रूपमा शपथ लिए।

सिक्किममा गत १९ अप्रिल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा विजयी भएपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहल गरेको बताए। उनले चिवा भञ्ज्याङ सीमानाका सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा काम बाँकी रहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर