Aamsanchar

पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने

Author Image
मङ्गलवार, जेठ २९, २०८१

पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ।  राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद गण्डकीको आयोजनामा  हुने प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो ।

ब्याडमिन्टनका खेल भने मङ्गलबारदेखि नै सुरु भइसकेको छ।

एथ्लेटिक्स, रग्बी, ब्याडमिन्टनसँगै बास्केटबल,  टेबलटेनिस र बुद्धिचाल ९चेस० मा प्रतिस्पर्धा हुने भएको छ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सर्टफुट, लङजम्प र १६ सय मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ।

ब्याडमिन्टन र टेबलटेनिस तर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी ५/५ इभेन्टमा खेलाडी भिड्ने छन्।

सबै खेलमा छात्र छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ।

कुल ६३० जना खेलाडी सहभागी हुने जनाइएको छ।

‘कुनै पनि खेलकुदको जग विद्यालयबाटै प्रारम्भ हुन्छ भन्ने हामी सबैलाई थाहा छ। तर, वर्तमान अवस्थामा विद्यालयस्तरीय प्रतियोगिता जति प्रभावकारी हुनुपर्थ्यो त्यति नभएकोले गर्दा र आगामी दिनमा  अन्तराष्ट्रिय विद्यालय खेलकुद महासङ्घहरूले गर्ने प्रतियोगितामा अवसरको ढोकाहरू दिलाउनका लागि हामीले यस प्रतियोगिता गर्न लागेको’ अन्तराष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समिति सदस्य तथा यस प्रतियोगिताका समितिका सदस्य राजकुमार कार्कीले भने ।

यु ९१५  प्रतियोगिता सञ्चलन तथा व्यवस्थापक समितिमा अञ्जन धमला संयोजक ,राज कुमार कार्की सदस्य ,मीन शर्मा सचिव गरी पाँच जना यु ९१५  प्रतियोगिता सञ्चालन तथा व्यवस्थापक समितिमा रहेका छन्।

आयोजकले बुधबार  दिउसो प्रतियोगिताको उद्घाटन गर्ने तयारी गरेको छ।

यु–१५ विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्न एक करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ३२ लाख रुपैयाँ प्रदेश खेलकुद परिषद गण्डकीले बेहोर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर