Aamsanchar

बिर्तामोडमा दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

Author Image
बुधवार, जेठ ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा १७ वर्ष पछि दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
फर्स्ट स्टेप फिटनेसको आयोजनामा आगामी असोज १९ गते प्रतियोगिता आयोजना हुने आयोजक संस्थाका अध्यक्ष सुवास मेचेले आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।
अध्यक्ष मेचेका भनाई अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने प्रतियोगिताका सचिव माधव झाले बताए ।

त्यस्तै, व्यक्तितर्फ बेस्ट मस्कुलर र वेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएक जना च्याम्पियनसिपका लागि छनोट हुने छन् ।
प्रतियोगिता सम्पन्न गर्न नगद १५ लाख रुपैयाँ लाग्ने प्रतियोगिताका सचिव झाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर