Aamsanchar

युरोपियन च्याम्पियनसिपको उद्घाटन खेलमा आज जर्मनी र स्कटल्यान्ड भिड्ने

Author Image
शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं – युरोपियन च्याम्पियनसिपको १७औँ संस्करण आज (शुक्रबार)देखि जर्मनीमा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज घरेलु टिम जर्मनी र स्कटल्यान्ड उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरू हुनेछ ।

आजदेखि जुलाई १४ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु जर्मनीका विभिन्न १० सहरका मैदानमा खेलाइनेछ । प्रतियोगिताका यस संस्करणमा कुल २४ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी ६ समूहमा विभाजित गरिएको छ ।समूह चरणबाट शीर्ष दुई टिम सोझै प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । यस्तै, बाँकी चार टिमले भने समूह चरणका उत्कृष्ट तेस्रो टिमको रूपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश पाउनेछन् ।

यसअघि कोभिड–१९ महामारीका कारण २०२१ मा आयोजना भएको प्रतियोगिताको उपाधि इटालीले जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर