Aamsanchar

खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीलाई

Author Image
शुक्रवार, जेठ ३२, २०८१

इनरुवा- सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले हात पारेको छ । सम्पन्न भएको फाइनल खेलामा सुनसरी खो खो टिमलाई १२ अङ्कविरुद्ध २६ सहित पराजित गर्दै आर्मीले उपाधी चुमेको हो ।

देशभरका सात महिला खो खो टिमको सहभागितामा सम्पन्न भएको लोपोन्मुख खो खो खेलमा उपाधि चुमेको त्रिभुवन आर्मी क्लबले नगद २५ हजार रुपियाँ, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरी, पराजित हुँदै उपविजेता बनेको सुनसरीले नगद १५ हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ । साथै प्रतियोगितामा धनुषा जिल्ला तेस्रो स्थानमा चित बुझाउँदै ११ हजार नगद र प्रमाण पत्र प्र्राप्त गरेको आयोजक संस्था खो खो सङ्घ कोशीका कपिलदेव यादवले जानकारी दिनुभयो ।

खेलका विजेता, उपविजेता र तेस्रो पुरस्कार पाउनेहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र उपाध्यक्ष सुनीताकुमारी उराँव, नम्बर वडा अध्यक्ष बौवालाल यादव तथा पत्रकार जयकृष्ण यादव सहितले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । सम्पन्न भएको खेलमा बारा, धनकुटा, धनुषा, सुनसरी, मोरङ, सर्लाही र आर्मीसहित टिमले सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर