Aamsanchar

फिफा वरीयतामा नेपाली महिला फुटबल टोलीकाे २ स्थान फड्को

Author Image
शुक्रवार, जेठ ३२, २०८१

काठमाडौँ – नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा २ स्थानको फड्को मारेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल २ स्थान फड्को मार्दै ९८औँ स्थानमा उक्लिएको छ।

यसअघिको वरीयतामा नेपाल १००औँ स्थानमा थियो। नेपालले कुल १२०८.४२ अंक प्राप्त गरेको छ।

स्पेन कुल २०९९.८९ अंकका साथ फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ।

फिफाको नयाँ वरीयतामा फ्रान्स दोस्रो, इङ्ल्याण्ड तेस्रो, जर्मनी चौथो, अमेरिका पाँचौँ, स्विडेन छैटौँ, जापान सातौँ, क्यानडा आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन्।

दक्षिण एशियामा भारत फिफा वरीयतामा नेपालभन्दा माथि छ। भारत वरीयताको ६७औँ स्थानमा छ।

बंगलादेश १४०औँ, श्रीलंका १५७औँ, पाकिस्तान १५८औँ, माल्दिभ्स १६१औँ र भुटान १७३औँ स्थानमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर