Aamsanchar

बिर्तामोडमा राष्ट्रिय स्तरीय स्नुकर खेल प्रतियोगिता हुने

Author Image
सोमवार, असार ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरीय स्नुकर खेल प्रतियोगिता हुने भएको छ ।
‘स्नुकर नेपाल माटर्स २०८१’ ना दिइएको प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीसहित स्थानीय खेलाडीको सहभागिता रहने आज (सोमबार) बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था बिर्तामोड स्नुकरका प्रकाश लिङ्देनले जानकारी दिए ।

आगामी असार १५ गतेदेखि बिर्तामोडमा शुरु हुने स्नुकर नेपाल माटर्स प्रतियोगितामा अन्तर्राष्ट्रिय स्नुकर खेलमासमेत सहभागिता जनाउँदै आएका खेलाडीहरू सहभागी बन्ने छन् ।  कोशी प्रदेशबाट ८ जना र झापाबाट ८ जना गरी जम्मा ३२ जना खेलाडीको प्रतियोगितामा सहभागिता रहने बिर्तामोड स्नुकरका सञ्चालक सदस्य खेम बुढाथोकीले बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २ लाख, फस्ट रनरअपलाई ८० हजार, हाइयस ब्रेकरलाई ५० हजार, म्याक्सिमम ब्रेकरलाई एक लाख ४७ हजार र सेमी फाइनलमा प्रवेश गर्नेलाई २०/२० हजार रुपैयाँका दरले नगर पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ आयोजक संस्थाका नवल अग्रवालले जानकारी दिए ।

प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ खर्च हुने र स्थानीय खेलप्रेमी, सामाजिक संघसंस्था;lxt  आयोजकले नै खर्च ब्यहोर्ने जनाएको छ । स्नुकर खेल अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चित खेल भएपनि नेपालमा भने खासै चर्चा नभएकोले उक्त प्रतियोगिताले खेलप्रेमीमा चिनाउने आयोजक समितिका चित्रप्रकाश राईले आमसंचारलाई बताए ।
कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् ।

प्रतियोगितामा नेपालका टप राष्ट्रिय खेलाडीहरू :
इटहरीका आयुश गौतम, काठमाडौंबाट ह्याङचु आले तामाङ, रजेन लामा, मिलन लामा, सविन तामाङ, जय महर्जन, अजय सुनुवार, फुर्वा दोर्जे शेर्पा, विराटनगरबाट अमन कार्की, पोखराबाट बुटवलबाट अंकितमान श्रेष्ठ (रेगन), हेटौडाबाट सोम लामा, नितेश खण्डेवाल, पोखराबाट सोम बिक, विकास महर्जन,  बुटवलबाट कुनाल श्रेष्ठ इटहरीबाट आयु गौतम
पूर्वका खेलाडीहरू :
कोशी प्रदेश अन्तरगत विराटनगरबाट सरोज गौतम, विशाल निरौला, इटहरीबाट आशिक राई, मन्दिप कटुवाल, धरानबाट मनिष श्रेष्ठ, बिरे लिम्बू, दमकबाट सुजन तामाङ र ताप्लेजुङबाट दिपेन्द्र भट्टराई
झापाका खेलाडीहरू
स्थानीय खेलाडीहरूमा बिर्तामोडबाट आकाश गजमेर, खेम बुढाथोकी, सोवित बास्तोला, विशाल तामाङ, बिपिन कार्की, बिकाश गोयल, नबल अग्रवाल र दीपक घिमिरेको सहभागिता रहने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर