Aamsanchar

आज पोर्चुगल र टर्की खेल्ने

Author Image
शनिवार, असार ८, २०८१

काठमाण्डौ – युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

पहिलो खेलमा बेलुकी पौने ७ बजे समूह ‘एफ’ का जर्जिया र चेक रिपब्लिक खेल्दैछन् । यो खेल हमबर्गमा हुनेछ । चेक रिपब्लिक र जर्जिया दुवै टोलीले पहिलो खेल हारेका थिए । चेक रिपब्लिक अङ्क तालिकाको तेस्रो र जर्जिया पुछारमा छ ।

यस्तै राति पौने १० बजे समूह ‘एफ’ कै पोर्चुगल र टर्की खेल्दैछन् । यो खेल डर्टमन्डमा हुनेछ । पोर्चुगल र टर्की दुवै टोलीले पहिलो खेल जित्दै ३ अङ्क जोडेका छन् । टर्की तालिकाको शीर्ष र पोर्चुगल दोस्रो स्थानमा छ ।

यसैगरी राति पौने १ बजे समूह ‘ई’ का बेल्जियम र रोमानिया खेल्दैछन् । यो खेल कलोनमा हुनेछ । रोमानियाले पहिलो खेल जितेको थियो भने बेल्जियम पराजित भएको थियो । रोमानिया ३ अङ्कसहित तालिकाको शीर्ष र बेल्जियम पुछारमा छ ।

युरो कप फुटबलमा लगातार दोस्रो जितसहित समूह ‘बी’ को स्पेन अन्तिम १६ मा पुगिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर