Aamsanchar

विश्वकपमा अफगानिस्तानद्वारा अस्ट्रेलिया पहिलो पटक पराजित

Author Image
आइतवार, असार ९, २०८१

काठमाडौं – आइसिसी टी- २० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ।

जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए। अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए। त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिए।

त्यस अघि अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो। ​ वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४८ रन बनायो।

अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५ दशमलव ५ ओभरसम्म एक सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन।

गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाएका हुन्। जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ रन बनाए। करिम जानतले १३ रनको योगदान गरे।

अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक लिए। उनले २०औं ओभरको सुरुआती दुई ओभरमा दुई विकेट लिएका थिए। त्यसअघि १७ दशमलव ६ ओभरमा अर्को विकेट लिएका हुन्।

योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ। यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले मंगलबार बंगलादेशसँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर